Author Archive

गण्डकी प्रदेशको बजेट पारित

पोखरा ३०, असार गण्डकी प्रदेश सरकारको बजेट पारित भएको छ । विहिबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक बर्ष २०७९÷०८० को बजेट पारित गरेको हो । अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक बर्ष २०७९÷०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेश सभा बैठकमा पेस गरेका थिए । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन गरिएको उक्त बजेट मध्य चालुतर्फ ३६ दशमलब ९२ प्रतिशत र पुँजीगत तर्फ ६१ दशमलब ६९ प्रतिशत रहेको थियो । गण्डकी प्रदेशको… पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान, ‘भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुनेछ’ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित भारत जानुभएको हो । अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल राष्ट्र र नेपाली जनताको हितकै पक्षमा केन्द्रीत हुने बताउनुभएको छ । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भ्रमणमा सीमा समस्याको सम्वोधन, नेपाल(भारत द्विपक्षीय सम्बन्ध, व्यापार घाटा लगायतका विषयमा छलफल हुने जानकारी दिनुभएको थियो ।अध्यक्ष प्रचण्डले आफूले पहिलो प्रधानमन्त्रीत्व कालमा र… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु भएको छ । रोटरी इन्टरनेशनलको सहयोगमा करिब  सात करोड लागतमा अस्पतालमा क्याथ ल्याब स्थापना गरिएसँगै  मुटुका रोगीहरूले अस्पतालबाट सहज रूपमा उपचार पाउने भएका छन् । पुरा पढौ

मन्त्री खापुङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निरिक्षणमा

पोखरा, ३० असार । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ विहिबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्थलगत निरिक्षण गर्नुहुँदै । पुरा पढौ

लायन्स कुमुदको पिएनमा वृक्षरोपण

पोखरा, २२ असारलायन्स क्लब अफ पोखरा कुमुदको आयोजनामा बुधबार वृक्षरोपण गरिएको छ । लायनहरुले पृथ्वीनारायण क्याम्पस प्रांगण विभिन्न जातका ५० विरुवा रोपे । कार्यक्रममा पोखरा सहायक क्याम्पस प्रमुख मीनराज लम्सालले वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपणको महत्वपूर्ण भूमिका हुने बताए । उनले वृक्षरोपणसँगसँगै ती बिरुवा हुर्काउने जिम्मेवारी पनि निर्वाह गर्न आग्रह गरे । क्लबकी अध्यक्ष मीना गुरुङले क्लबले पहिलो वृक्षरोपण बुधबार गरेको बताइन् । मानव जीवन र पृथ्वीमै जनवायु परिवर्तनका कारण संकट आउन सक्ने भएकाले बेलैमा सचेत हुनुपर्नेमा जोड दिइन् ।… पुरा पढौ

पोखराको जग्गा भाडामा दिने सम्झौता खारेज गर्न माग गर्दै राष्ट्रिय सम्पदाको  ज्ञापनपत्र

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखराका ३ ठाउँका जग्गा योजनावद्ध रुपमा निजी क्षेत्रलाई थोरै भाडामा दिएर पोखरेलीमाथि घात गरेको आरोप लगाएको छ । कार्यकालको अन्तिम समयमा अपारदर्शी र योजनावद्ध रुपमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका निवर्तमान मेयर मानबहादुर जिसीले जनघाती निर्णय गरेको सम्पदाको ठहर छ । नगर विकास समिति अध्यक्ष धनराज आचार्यलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै संस्थाले पदभारका बेला गरेको सार्वजनिक जग्गाको अवस्था सार्वजनिक गर्ने र संरक्षण गर्ने प्रतिबद्धता व्यवहारमै देखाउन आग्रह गरेको छ । सम्पदाका अध्यक्ष… पुरा पढौ

पर्यटन बसपार्क र गल्फकोर्स भाडा सम्झौता रद्द गर्न माओवादीको माग

नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले गरेको सरकारी जग्ग निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ । मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिँदै त्यसको निष्पक्ष छानबिन गरी कानुनी कारवाही गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनै पनि आधारमा न्यायोचित मान्न सकिँदैन ।’ सबै राजनीतिक दल चुनाव केन्द्रीत गतिविधिमा रहेका बेला प्रक्रिया… पुरा पढौ

अदालतको फैसलाबाट प्राप्त न्युरोडको जग्गामा पोखरा उपत्यका नगर विकासको डोजर

पोखरा ।पोखरा उपत्यका नगरविकास समितिले आफ्नो जमिन संरक्षणको काम सुरु गरेको छ । १३ असारमा जिल्ला अदालत कास्कीको फैसला बमोजिम प्राप्त न्युरोडमा रहेको जमिनमा बनेका संरचना बाहेकको जमिन सम्याएर संरक्षणको कामसुरु गरेको होे । जिल्ला अदालत कास्कीले न्युरोडका कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकाल्नेको छ । बाँकी जमिन सम्याइएको पोखरा महानगरका प्रशासकीय अधिकृत… पुरा पढौ