फोटो ग्यालेरी

विपद ब्यावस्थापन समिती कास्कीको पुर्ब अभ्यास

पोखरा,४असार। जिल्ला विपद ब्यावस्थापन समिती गण्डकी प्रदेश कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका-१७ दोबिल्लमा सेती नदी क्षेत्रमा हुने मानवीय तथा प्राकृतिक घटनाको खोज उद्दार सम्बन्धमा पुर्ब अभ्यास गर्दै सुरक्षा कर्मी पुरा पढौ

स्टेफन र प्रसाँई पोखरा म्याराथन च्याम्पियन (फोटो फिचर)

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गर्न सफल भईन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं सस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन् । १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए । पुरा पढौ

बकुलाको बथान

पोखरा महानगरपालिका-१० रामघाटबाट देखिएको उड्दै गरेका बकुलाको बथान। पुरा पढौ

ताराखोलामा २ दशक यता कै भारी हिमपात

गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन । उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका… पुरा पढौ

शीत निन्द्रामा जाँदै फ्याउमुसा

हिमाली क्षेत्रमा व्यापक रुपमा पाईने फ्याउमुसाे शिशिर ऋतुकाे शुरुवात सँगै करिब ४ महिनाका लागी शीत निन्द्रामा जाँदै छन् । उच्च स्थानका घाँसे मैदानहरुमा २ मिटर देखि १० मिटर सम्मका प्वालहरु बनाई समुहमा बस्ने यो स्तनधारी प्रजाति खर्कहरुमा उम्रने साना घाँसका मुना, रसिला वनस्पतिका डॉंठहरु समेत खाने गर्दछन् । समुन्द्री सतहको ३ हजार देखि ५ हजार ५ सय मिटर उचाई सम्म पाईने यी प्रजाती हिउँ चितुवा, तिब्बतियन ब्यॉंसा तथा सुपर्ण महाचिलका आहारा भएको बरिष्ठवन्यजन्तुविज्ञ प्रो. करन बहादुर शाह बताउछन् । अंग्रेजीमा… पुरा पढौ

मनाङमा छायांकन हुँदै भारतीय फिल्म

नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिनेछ । सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको अभिनय छ । अमिताभ बच्चन भने नेपाल आएका छैनन् । स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताए । छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन… पुरा पढौ