गण्डकी सेरोफेरो

गण्डकी प्रदेश औषधी व्यवसायी संघको अध्यक्षमा तिवारी

पोखरा । नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमां केशरी तिवारीलाई सर्वसम्मत चयन गरेको छ ।संघको सोमबार पोखरामा सम्पन दोस्रो अधिवेशनले आगामी तिन वर्षका लागि अध्यक्षमा तिवारी सहित सम्पूर्ण कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।संघका बरिष्ठ उपाध्यक्ष दयानिधि पौेडेल, उपाध्यक्ष थोक तर्फ लक्ष्मी नारायण पराजुली, उपाध्यक्ष खुद्रा तर्फ धनु देबी पिया, महासचिव संजिव देवकोटा क्षेत्री, कोषाध्यक्ष सुरेन्द्र कुमार अग्रवाल, सचिव संगम बाबु श्रेष्ठ र उप–कोषाध्यक्ष यज्ञ प्रसाद शर्मा चयन भएका हुन । त्यस्तै सदस्यहरुमा थोक तर्फ मिलन श्रेष्ठ,दुर्गा… पुरा पढौ

दुध उत्पादनमा महिला सहकारीले १ करोड लगानी गर्दे

पोखरा । महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोटे चौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो । पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी र ५ वटा गाई पाल्न लागेको सहकारीका अध्यक्ष सविना अधिकारी क्षेत्रीले जानकारी दिईन् । उनका अनुसार सञ्चालन गर्न लागिएको दुध उत्पादन योजनामा १ करोड लगानी… पुरा पढौ

गरिमा विकास बैंक लिमिटेड र नाट्टा बीच सम्झौता

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी… पुरा पढौ

पोखरामा ‘दि कन्टेन्डर फाइट’ हुने

पोखरा । पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ । उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका हुन् । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै… पुरा पढौ

स्याङजा महिला टि–२० क्रिकेट च्याम्पियन

पोखरा । पोखरामा आज(सोमबार) सम्पन्न भएको महिला किक्रेट प्रतियोगितामा स्याङजा च्याम्पियन भएको छ ।कास्कीलाई ४५ रनले पराजित पराजित गर्दे स्याङजा च्याम्पियन बनेको हो । च्याम्पियन भए संगै स्याङजले नगद १ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको कास्कीले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन पर्यो । यहि असार ७ गते सुरु भएको प्रतियोगितामा सहभागि चार टिम मध्ये स्याङजा अपराजित रहेको छ । सोमबार भएको फाइनलमा समेत टस जितेर पारीको सुरुवात गर्दै स्याङजाले पुरै… पुरा पढौ

अन्तर समाज तारो खेलको उपाधि पुन समाज पोखरा’ए’ लाई

पोखरा । पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधी पुन समाज पोखरा एले जितेको छ । उपबिजेता म्याग्दी मगर समाजलाई १३३ का विरुद्ध १३८ अंक प्राप्त गर्दै उपाधी हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुरले तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारो खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम… पुरा पढौ

कास्की र तनहुँलाई ह्यान्डबलको उपाधि

गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँले उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात पारेको हो । आइतबार सम्पन्न महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङजालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो । उता पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय… पुरा पढौ

हेमजा हिले महोत्सव हुने

पोखरा ।  राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते  चौथो संस्करणको 'हेमजा हिले महोत्सव २०८१' हुने भएको छ ।  देविस्थान सेवा समाज हेमजाको आयोजनामा हुने हिले महोत्सवमा समग्र  पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको छ। ।  हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएको छ। “कृषिमा कृषकलाई प्रोत्साहन ः विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको  महोत्सवमा हिले फुटबल, महिला पुरुष हिले… पुरा पढौ

पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धिः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रदेश प्रमुखले यस्तो बताउनुभएको हो । ‘पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग गर्ने विश्वास लिएको छु’ उहाँले भन्नुभयो – ‘विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता अन्तर्राष्ट्रिय… पुरा पढौ

कारागारका महिलालाई सेनेटेरी प्याड,युरोगार्ड र म्याट्रेक्स वितरण

पोखरा । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ । कार्यक्रममा सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले बताईन । मञ्चका संस्थापक अध्यक्षतामा जमुना पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा, मञ्चका पदाधिकारी लगायतको उपस्थिति थियो । मञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गतका… पुरा पढौ