Author Archive

माछापुच्छ्रेका आठ युवाद्धारा एकैपटक मर्दी हिमालको सफल आरोहण

कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का आठ जना युवाले पाँच हजार ५८७ मिटर अग्लो प्रसिद्ध मर्दी हिमालको एकै साथ सफल आरोहण गरेका छन् । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा परेको मर्दी हिमाल पदयात्रासँगै हिमाल आरोहणको प्रवद्र्धनका लागि पर्यटन क्षेत्रमा क्रियाशील उनीहरुले हिमाल चढेका हुन् । यही असोज १२ गते अग्रज पर्यटन व्यवसायी रामप्रसाद गुरुङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि प्रस्थान गरेको २६ सदस्सीय टोली मध्येका आठ जनाले असोज १७ गते विहान ९ः३० बजे सफलतापूर्व हिमाल आरोहण गरी फर्किएको गाउँपालिका अध्यक्ष… पुरा पढौ

‘हिमाल र हिमालीको जीवन्त उदाहरण पर्वतीय सङ्ग्रहालय’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय हिमाल र हिमालीको अवस्था एवं संस्कृतिको जीवन्त उदाहरण भएको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित पर्वतीय सङ्ग्रहालयको स्थलगत अवलोकन गर्दै उनले सङ्ग्रहालयलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए । सङ्ग्रहालयमा प्रदर्शित विभिन्न जातजातिसहितको मानवकक्ष, पर्वतीय हिमशृङ्खला, हिमाल आरोहणका गतिविधि, भौगोलिक कक्षलगायतको रुचिपूर्वक अवलोकन गर्दै उनले मुलुकको गहनाका रूपमा रहेको सङ्ग्रहालयको उचित प्रचारप्रसार गर्दै विश्वका पर्यटकको आकर्षण गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । कोरोना कहरका कारण चार महिनादेखि बन्द… पुरा पढौ

पोखराका पर्यटकीय स्थल खोल्ने बारे छलफल

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजनामा आज पोखरा क्षेत्रका पर्यटकीय स्थल खोल्ने सम्बन्धमा सामूहिक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल पनि स्वास्थ्य मापदण्ड पालना गर्दै खुलाउनुको विकल्प नभएको बताए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई विस्तारै अघि बढाउनु अहिलेको आवश्यकता भएको बताउँदै पोखराका पर्यटकीय गन्तव्य खुल्ला गर्ने सम्बन्धमा छलफल राखिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र युनडिपीको सहकार्यमा नाट्टाका तर्फबाट पोखराका पर्यटकीय… पुरा पढौ

सत्ता गठबन्धन : तीनै तहको चुनाव एकसाथ गर्न छलफल

गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा हुनहुन्न भने सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक हुनुहुन्छ । मिलनबिन्दु खोज्न तीनै तहको चुनाव एकैपटक गर्ने प्रस्ताव गठबन्धनभित्र प्रवेश भएको छ । स्थानीय तहको चुनावमा पार्टीले राम्रो गर्न सक्छ भन्नेमा देउवा ढुक्क नरहेको कांग्रेसकै नेताहरू बताउँछन् । ‘स्थानीय तहका पछिल्ला दुई चुनाव ९२०५४ र २०७४० मा एमालेले एकलौटीजस्तो बनायो, गत चुनावमा… पुरा पढौ

साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडाैं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियन बनेको छ । फाइनलमा पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको छ । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गरेको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले गोल गर्न भने सकेन। अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि सुनिश्चित गरेको थियो ।… पुरा पढौ

मुनाल सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

पोखरा, १८ असोज । पोखराको नयाँबजारमा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन असोज १३ गते शुरु भई असोज १६ गते शनिबार सम्पन्न भएको छ । संस्थाको पाँचौं अधिवेशनबाट आगामी ४ बर्षका लागी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको अध्यक्षमा मगनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा नारायणबहादुर थापा, कोषाध्यक्षमा रमेशकुमार पौडेल तथा कार्यसमिति सदस्यहरूमा तिलकबहादुर प्रधान, सुदर्शन न्हुच्छे प्रधान, डिलकुमारी पौडेल, मुक्तिनाथ अधिकारी, सन्तोषकुमार… पुरा पढौ

बागलुङ नगरको एकमात्र उद्यमशील सहकारी साझा चौतारीको साधारणसभा सम्पन्न !

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा रहेको साझा चौतारी युवा उद्यमशील सहकारी सस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागलुङ नगरपालिकामा उद्यमशीलता तर्फ एकमात्र सहकारीको रुपमा स्थापित साझा चौतारीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण गरी साधारण सभा सम्पन्न गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कामयमै रहेकोले भौतिक उपस्थितिमा साधारण सभा सम्पन्न गर्न समस्या हुने भएकोले सस्थाको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरी प्रतिनिधिमुलक उपस्थितिमा शनिबार साधारण सभा सम्पन्न गरिएको हो ।साधारण सभाले संस्थाकाे आर्थिक बर्ष २०७७/०७८ को… पुरा पढौ

कथा: अंशबन्डा

मतिरामका दुईवटी बुढीहरु थिए | जेठीबाट सन्तान नभए पछि कान्छी ल्याएका थिए | कान्छी बुढीबाट दुई भाइ छोराहरु जन्मिए | छोराहरुको विवाह भैसकेको थियो | अब यो परिवार छुट्टि भिन्न हुन चाहे | बाबु र कान्छी आमा कान्छा छोरासँग बस्ने भए | जेठो छोराको परिवार छुट्टै बस्ने भए | जेठी आमा एक्लै छुट्टै बस्ने भइन् | मतिरामको सम्पूर्ण जायजेथा श्रीसम्पत्ति अंश लाग्न पर्ने भयो | कान्छा छोराले बाबु आमाको जीउनी समेत गर्दा खप्लप्कै आधा सम्पत्ति पाउने गराइयो | कान्छाको सम्पत्तिको… पुरा पढौ

मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छ्न्। उनलाई आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। दम बढेपछि वैद्यलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। ‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो। दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ पारिवारिक स्रोतले भन्यो, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ।’ नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ। उनको छाति एक्सरे गर्दा दाग… पुरा पढौ

एकीकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएका हुन्। अपानिमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ। वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ। ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ। मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन्। न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरूको… पुरा पढौ