Author Archive

गलकाेटमा २२५ को निःशुल्क आँखा उपचार

गलकोट नगरपालिका–७ मल्ममा बिहीबारदेखि आजसम्म चलेको निःशुल्क आँखा शिविरबाट २२५ जनाले लाभ लिएका छन् । श्रीकृष्ण–भैरव आँखा उपचार केन्द्रद्वारा आयोजित शिविरमा ३८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अन्यले आँखा परीक्षण र उपचार सेवा पाएको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । शिविर सञ्चालनका लागि भैरहवामा रहेको श्रीकृष्ण नेत्रालयले प्राविधिक र चिकित्सकीय सेवा उपलब्ध गराएको थियो । नेत्रालयका नेत्र विशेषज्ञ डा सल्मा केसीलगायतको टोलीले आँखाको शल्यक्रिया गरेका थिए । शल्यक्रियामा लाग्ने खर्चका लागि हरिकृष्ण आई केयर फाउण्डेशन र… पुरा पढौ

एक वडा एक हेलिप्याड बागलुङ र पर्वतमा नारा पुग्यो, योजना पुगेन

सरकारले बजेटमै उल्लेख गरेको एक वडा एक हेलिप्याड कार्यक्रम बागलुङ र पर्वतमा नारामै सीमित भएको छ । साबिक धौलागिरिका म्याग्दी र मुस्ताङका सबै वडामा हेलिप्याड बने पनि अञ्चल सदरमुकामसमेत रहेको बागलुङ र पर्वतमा यो कार्यक्रम केही वडामै खुम्चिएको हो । यी दुई जिल्लाका सदरमुकामको कुनै वडामा हेलिप्याड छैनन् ।तत्कालीन केपी शर्मा ओलीको सरकारले राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत वडा–वडामा हेलिप्याड निर्माण गर्ने योजना बनाएको थियो । तर, योजनाले सार्थकता नपाउँदा समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेल… पुरा पढौ

ढोरपाटनमा यस वर्षको सिकार खुला, सात नाउर र पाँच झारलको सिकार अनुमति

पर्यटकीय गन्तव्य बागलुङको ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ ।नेपालभन्दा विदेशमा बढी चर्चा हुने आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसपालि सात नाउर र पाँचवटा झारलको सिकार अनुमति दिएको छ । यहाँ कात्तिक २ देखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ । अनुमति लिएरै सिकार खेल्न पाइने नेपालको एक मात्र आरक्ष ढोरपाटनमा गत वर्ष कोरोनाको कारण विदेशी पर्यटक सिकार खेल्न आएका थिएनन् । आरक्षले एक आर्थिक वर्षमा दुई याम असोज र कात्तिक तथा चैत र… पुरा पढौ

१४औँ महाधिवेशनपछि काँग्रेसमा गुटको अन्त्य : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली काँग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गरे। उनले गुटउपगुटले काँग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताए। बागलुङस्थित नेपाली काँग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले काँग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो काँग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे। “हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो… पुरा पढौ

सरकारले क्षतिको विवरण संकलन गरी किसानलाई राहत दिने

सरकारले बाढी र डुवानबाट क्षति ब्यहोरेका किसानलाई उचित राहत दिने जनाएको छ । निरन्तरको बर्षाका कारण देशभर बाढी र पहिरोले किसानको भित्र्याउने बेलाको धानबालीमा ठूलो क्षति क्षति पुर्याएपछि सरकारले यस्तो निर्णय गरेको हो । बुधबार बसेकाे मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्नबालीमा भएको क्षतिको विवरण संकलन गरि उचित राहत व्यवस्था गर्ने निर्णय गरेको हो । सरकारले बाढी र पहिरोका कारण ज्यान गुमाएकाका परिवारलाइ २ लाख राहत दिने निर्णय गरेको छ । पुरा पढौ

नेप्से परिसूचक ६० अङ्कले बढ्याे

आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बढेर २,५७१ दशमलव ६६ को विन्दुमा पुगेको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ । आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँको… पुरा पढौ

बाढीपहिरोबाट ८८ जनाको ज्यान गयो

 मुलुकका विभिन्न भागमा गरी बाढीपहिरोबाट बुधबार साँझसम्म ८८ जनाको ज्यान गएको छ। अत्यधिक वर्षा तथा बाढीका कारण प्रदेश १ मा ५१, सुदूरपश्चिममा २६, कर्णालीमा ८, लुम्बिनीमा २ र वाग्मतीमा एकजनाको मृत्यु भएको छ। २५ जना अझै बेपत्ता छन्। बेपत्तालाई खोज्ने, विस्थापितलाई सुरक्षित ठाउँमा सार्नेजस्ता कार्यमा स्थानीय तह तथा प्रहरी प्रशासन सक्रिय भएका छन्। मोरङस्थित हाम्रा संवाददाता चुमन बस्नेतका अनुसार पूर्वाञ्चलभरि भारी वर्षा, बाढी तथा पहिरोले ५१ जनाको ज्यान लिएको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण पाँचथरमा २२… पुरा पढौ

फोनपेले फेरि ल्यायो झट्ट ट्रान्स्फर, चट्ट कार योजना, हरेक दिनआइफोन १३ जित्न सकिने

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालकफोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म सञ्चालनहुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकमट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साह नगर्ने उदेश्यले गतवर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो । डिजिटल कारोबारलाई प्रोत्साहनगर्ने उदेश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ । फोनपे… पुरा पढौ

माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारीको प्रथम अधिवेशन,अध्यक्षमा अधिकारी

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा रहेको माछापुच्छ्रे एकता दुग्ध उत्पादक सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा लेखनाथ अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । ‘हाम्रो प्रतिवद्धता सम्पुर्ण किसानहरुको एकता’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३, घाचोकको साविक वडाहरु ५,६,७,८ र ९ का अतिविपन्न, दलित तथा सिमान्तकृत किसानहरुको जीवनस्तर उकास्ने उदेश्यका साथ शुरु भएको सो सहकारीको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले शनिबार अधिकारीको अध्यक्षतामा ११ सदस्सीय सञ्चालक समिति चयन गरेको हो । सहकारीको सचिवमा पदम नेपाल र लेखा समिति… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान संचालनको पहल :अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा निर्माण हुदै गरेको क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल संचालनको प्रारम्भबाट अन्तराष्ट्रिय हवार्ई उडान सुरु गर्न बिषेश पहल गर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले आइतबार पोखरामा आयोजना गरेको नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ—दिपावली, नेपाल सम्वत, छट लगायतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बराल उक्त कुरा बताउनु भएको हो । नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले पोखरा विमानस्थल विगत ४० बर्ष देखि कोमामा रहेको… पुरा पढौ