समाचार

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रचण्ड

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनुभएको छ। सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा ९माओवादी केन्द्र० गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रदेश बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ूमुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति… पुरा पढौ

राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै जानुपर्छ: किराँती

पोखरा, ४ फागुनबिहीबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती यति एअरको जहाजबाट पोखरा आए । मन्त्री बनेपछि पहिलो पटक पोखरा आएका मन्त्री किराँतीले शुभेच्छुक, कार्यकर्ता र विमानस्थल व्यवस्थापनबाट खादा, माला लगाएनन् । विमानस्थल अनुगमन गरेपछि उनी पत्रकारसँग कुरा गर्न तयार भए ।नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र फरक तवरले अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति निर्वाचनमा माओवादीको अडानबारे सोधिएको प्रश्नमा उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक पनि हो ।… पुरा पढौ

रामचन्द्र राईले त्रिभुवन पौडेल स्मृति अक्षयकोषलाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

पोखरा ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गर्न लागेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि सहयोग आउने क्रम सुरु भएको छ । शुक्रबार विहान मात्र हाल जापानमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईले पौडेलको स्मृतिमा स्थापित कोषका लागि १ लाख १ हजार १ रुपैयाँ हस्तातरण गर्ने घोषणा गरेका छन् । पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य पौडेलको निधन भएको १३ औं दिनको पुण्य तिथि एवं आफ्नो जन्म दिनको अवसर पारेर राईले उक्त… पुरा पढौ

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

काठमाडौं, २८ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गर्नुभएको छ। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो। भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताउँदै… पुरा पढौ

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको बाईसौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः प्रधान

पोखरा, पुस ४पोखरामा प्रधान कार्यालय रहेको गैरसरकारी संस्था पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको २२ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति, कास्कीका उप–प्रमुख सरिता मालले गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि मालले हालसम्म संस्थाले पु¥याएको सेवा तथा सुविधाबाट धेरैभन्दा धेरै सेवाग्राहीहरू लाभान्वित भइसकेको भन्दै आगामी दिनमा यस संस्थाले यसलाई निरन्तरता दिँदै सेवाक्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता प्रकारका संस्थाहरूको सक्रियताले नै नेपाल सरकारको नीति कार्यान्वयनमा सहज… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता गरिएको छ ।

सातौं पर्वतीय महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सोमबार गरिएको छ । पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालयले प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा ३६ विद्यालयले सहभागिताको लागि निवेदन दिएका थिए । जसमध्ये ३३ विद्यालय प्रतियोगितामा सहभागी भएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी सहभागी गराइएको थियो ।संग्रहालयकी निर्देशक तथा महोत्सव मूल आयोजक समिति सदस्य सचिव निर्मला न्यौपानेका… पुरा पढौ

गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ नेकपा समाजवादीमा प्रवेश

आम निर्वाचन २०७९ मा स्वतन्त्रबाट उम्मेदवार भइ मनाङ जिल्लाबाट प्रदेश सांसदमा निर्विरोध निर्वाचित भएका राजिव गुरूङ नेकपा समाजवादीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री गुरुङलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा प्रवेश गराएका हुन् । उनी सामाजवादीमा प्रवेश गरे संगै गण्डकी प्रदेशमा रिक्त समाजवादीको प्रदेश सभामा प्रवेश हुने भएको छ । पुरा पढौ

पाेखरेली जनताले जिताउनुहुन्छ : उम्मेदवार बराल

पोखरा, ३० कात्तिकनेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले पोखरेली जनताले आफूलाई अहिलेसम्म गरेको मायाँलाई मतमा परिणत गरेर आफूलाई निर्वाचित गर्ने बताएका छन् ।जनताको घरदैलोमा जाँदा आफ्नो प्रतिक्षा गरेको महशुस भएको भन्दै उनले जनतासंग अहिलेसम्म जोडिएको र निर्वाचित भएपछि पनि निरन्तर जोडिइरहने बताए ।बुधबार साँझ घरदैलो पछि उनले भने, सधै जनताको साथमा छु । उहाँहरुको सुखदुखमासंगै छु र सकेसम्म सहभागी भएको छु । यत्तिको पात्र जनताको बीचमा आए एक… पुरा पढौ

मुख्य सडक जाेड्ने गरी चक्रपथ निमार्णमा पहल गर्ने थापाको प्रतिबद्धता

कात्तिक ३०, पोखरा ।गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् ।उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे ।बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र… पुरा पढौ