तनहुँ

अनलाइन बेटिङ खेलाईरहेको आरोपमा तनहुँका श्रेष्ठ प्रहरी नियन्त्रणमा

तनहुँ । अनलाइन बेटिङ खेलाईरहेको भन्ने गोप्य सुचनाको आधारमा तनहुँको भानु नगरपालिकाका ३ खहरेका ३२ वर्षिय अमृत कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले संचालन गरेको अनलाईन पसलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले अनलाईन बेटिङमा प्रयोग गरेको एक थान ट्याब,मोबाईल लगायतका सामाग्री सहित नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरीका सुचना अधिकृत प्रहरी वरिष्ठ निरिक्षक रविन्द्र रेग्मीले बताए । उनलाई जिल्ला प्रशासन कार्यालय तनहँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप अनुमती लिई थप अनुसन्धानकार्य भईरहेको प्रहरीले… पुरा पढौ

बन्दिपुरमा रोपाईको चटारो

शम्भु श्रेष्ठ, तनहुँ । बन्दिपुर १ हरियाली कृषक समूह नाहालाको आयोजनामा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ । वि.स २०७६ मा प्रदेश सरकारको आयोजना र तत्कालीन वडा अध्यक्ष भानु भक्त पोखरेलको विषेश सहयोगमा बन्दिपुरमा १६० रोपनी जमिन चक्लाबन्दी भएको थियो । चक्लाबन्दी भए सँगै प्रत्येक वर्ष उक्त जमिनमा धान उत्पादन हुदै आएको छ । चैते धान प्रवर्धन कार्यक्रमको लागि पालिकाको उपस्थितिमा ज्ञान केन्दले गत वर्ष चैतमा कृषकहरुलाई चैते धान लगाएत विभिन्न कृषि औजार वितरण गरेको थियो । सो अनुसार… पुरा पढौ

विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

तनहुँ । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले सोहि वडामा रहेको सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण  गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको क्लबका अध्यक्ष सुमबहादुर रानाले बताए । क्लबका अध्यक्ष सुमबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन  विद्यालयका प्रधानाध्यापक मदबहादुर कुँवरले गरेका थिए । कार्यक्रममा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ ।… पुरा पढौ

डोबाटे बने बिनाविभागीय मन्त्री

गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा उनलाई हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । पुरा पढौ