समाचार

प्रख्यात गायिका लता मंगेशकरको निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको हो । यसै वर्ष जनवरीको सुरुवातमा कोभिड–१९ संक्रमण भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा उपचाररत थिइन् । स्थानीय समयानुसार आइतबार बिहान ८ बजेर १२ मिनेटमा उनको निधन भएको जनाइएको छ । लता मंगेशकर एक महान् पार्श्वगायिका थिइन् । उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन् । लता मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतको… पुरा पढौ

एमसिसि चुनाव पछि पास गर्ने गठबन्धनकाे तयारी- शिक्षा मन्त्री देवेन्द्र पाैडेल

एमसिसि चुनाव र गठबन्धनका काे साइनाे नभएको तर गठबन्धन र एमसिसि बिच भने सम्बन्ध रहेको हुदा यथास्थितिमा एमसिसि पास नहुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलले बताए । नेपाल प्रेस सेन्टर बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा माआ‌ेवादी नेता समेत रहेका शिक्षा मन्त्री पाैडेलले एमसिसि बारे राजनीतिकदलमा दुईवटा धारणा रहेकोसंसद नचलिरहेकाे समयमा एमसिसि बारे केही समय माग गरि चुनाव पछि पारित गर्ने बताए । अब हुने चुनाव पछि एमसिसि बारे विबाद भइसकेपछि संसदमा रहेका सबै राजनीति दलको राष्ट्रिय सहमतिमा… पुरा पढौ

ताराखोलामा सञ्चालित १५ दिने सिपमुलक तालिम सम्पन्न

ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत स्तरोन्नति व्याग डिजाईन सम्बन्धि १५ दिने सिपमुलक तालिम सम्पन्न भएको छ । ताराखोला गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा ताराखोला गाउँपालिका वडा नम्वर ५ मा गरीवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित तालिम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै आगामि कार्ययोजनाको लागि उद्यमिहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभएको… पुरा पढौ

ताराखोलामा २ दशक यता कै भारी हिमपात

गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन । उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका… पुरा पढौ

प्रेस चौतारी बागलुङ शाखाको अध्यक्षमा विक!

नेपाल कम्युनिस्ट पार्टी एमाले निकट पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको बागलुङ शाखाको छैठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।बिहीबार सम्पन्न अधिवेशनबाट नवीन शिशिर विकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सिर्जना पन्त, झरना कँडेल, सचिवमा कमल पौडेल, सह–सचिवमा अर्जुन कार्की, हेमप्रसाद विक, कोषाध्यक्षमा खेमराज गौतम ‘सुवास’ चयन हुनु भएको छ । सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र… पुरा पढौ

चिसोमा तरुल खानुको मज्जा छुट्टै, फाइदा विछट्टै

तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । चिसो मौसममा तरुल खानुका फाइदाबारे जानकारी लिऔं । फाइबरयुक्तः तरुल फाइबर अर्थात् रेशाले भरिपूर्ण हुन्छ त्यसकारण यो पेटका लागि निकै फाइदाजनक मानिन्छ । फाइबरयुक्त खानेकुराको सेवनले आन्द्राको फोहोर सफा हुन्छ जसका कारण खाना राम्रोसँग पच्छ । त्यसकारण तरुल खाँदा तपाईंको पाचनक्रियासँग सम्बन्धित सबै समस्या समाप्त हुन्छ जस्तै कब्जियत, अपच, ग्यास अदि… पुरा पढौ

विजयको योगदानको सम्झना

पोखरामा बिहीबार आयोजित कार्यक्रममा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा सहिद बनेका विजय ढकालको सम्झना गरिएको छ । उनको १७ औं स्मृति दिवसमा बिहीबार साँझ पोखरा ६ सहिद पार्कमा दीप प्रज्वलन गरिएको छ । उनको २०६१ पुस २९ निर्मलपोखरीको साम्मीमा सुरक्षाकर्मीले हत्या गरेका थिए । विजयकी आमा पारु ढकालले उनको शालिकमा पुष्पार्पण गरिन् । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले विजयहरुकै योगदानको जगमा अहिलेको परिवर्तन सम्भव भएको बताए । उनले सहिद, बेपत्ताका सपना अझै पूरा नभएकाले उनीहरुले देखाएको बाटोमा दृढतापूर्वकअघि… पुरा पढौ

लकडाउन होइन, स्मार्ट लकडाउन हुन सक्छ

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरू बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा… पुरा पढौ

प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन

दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल वर्षा र हिपातसँगै तिंकरको छायाँलेक स्थित प्रहरीहरू छांगरु झरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । हिमपातका कारण अत्यधिक जाडो बढेर पानीसमेत खान नसकिने अवस्था भएपछि प्रहरी अहिले छांगरुमा बसेको जनाइएको छ । अहिले छांगरु र तिंकर प्रहरी… पुरा पढौ

सल्यानमा दाङ जाँदै बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा यात्रुवहाक बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको हो । घाइतेलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको सल्यानका प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्घान अनुसार बसमा २६ जना सवार रहेको बुझिएको छ भने बस सडकबाट २०० मिटर तल खसेको थियो । घटनाको विस्तृत विवरण आउन… पुरा पढौ