Author Archive

८ बर्ष बित्दा पनि अधुरो रह्यो धाैलागिरि अस्पतालकाे सि ब्लक

गण्डकी प्रदेशकाे धाैलागिरि अस्पताल लाई सुविधा सम्पन्न बनाइ यश क्षेत्रका जनतालाई सर्व शुलभ रूपमा सेवा दिने उदेश्यले ९ बर्ष अघि निर्माण शुरू भएको अस्पतालकाे सि ब्लक काे भवन पटकपटक म्याद थप गर्दा समेत ठेकेदार कम्पनीले काम समयमै सम्पन्न नगर्दासम्म अस्पतालले दिनुपर्ने सेवामा असर पुगेको छ । काेराेना भाइरस यतिबेला ठेकेदार कम्पनी लाई काम नगर्ने संजिवनी बुटी साबित भएको छ । जनतालाई सहजरूपमा स्वास्थ्य सेवा दिने भनेर ८ बर्ष अघि निर्माण कार्य शुरू गरिएको धाैलागिरि अस्पताल बागलुङको सि ब्लक भवन ठेकेदार… पुरा पढौ

ताराखोलामा २ दशक यता कै भारी हिमपात

गत बिहीबार रातिदेखि परेको हिमपात का कारण ताराखोला बासि को जनजीवन कष्टकर बनेको छ ।ताराखोला गाउँपालिका को विभिन्न भुभाग मा भारी हिमपात परेको छ । गाउँपालिका को ५ वटै वडा का विभिन्न क्षेत्रमा भारी हिमपात परेको छ ।यो हिमपात पछिल्लो २० बर्ष यताकै सबै भन्दा ठुलो भएको ताराखोला ३ का शिव प्रसाद निउरे ले बताउनु भयो । यो व्यापक हिमपात भएपछि ताराखोला गाउँपालिका का विभिन्न क्षेत्रहरु सेताम्मे भएका छन । उच्च भुभाग मा करिब २ फिट भन्दा बाक्लो हिउ परेका… पुरा पढौ

बाबुराम नेपाली एमालेमा प्रवेश

बागलुङ गल्कोट नगरपालिका वडा नम्बर ११ रिघाका पुराना बामपंथी नेता बाबुराम नेपाली शुक्रबार नेकपा एमाले प्रवेश गरेका छन् ।लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनिति गरेका नेपालीसंग गाविस अध्यक्ष भएर काम गरेको अनुभव छ । राजमो पछि नेकपा माओवादी हुदै नेकपामा आबद्ध नेपाली औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले, बागलुङको बुर्तिबाङमा जारी बैठकमा पार्टिका उप-महासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले एमालेमा प्रवेश गरेका नेपाली लाई स्वागत गरेका थिए ।सो अवसरमा… पुरा पढौ

प्रेस चौतारी बागलुङ शाखाको अध्यक्षमा विक!

नेपाल कम्युनिस्ट पार्टी एमाले निकट पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको बागलुङ शाखाको छैठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।बिहीबार सम्पन्न अधिवेशनबाट नवीन शिशिर विकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सिर्जना पन्त, झरना कँडेल, सचिवमा कमल पौडेल, सह–सचिवमा अर्जुन कार्की, हेमप्रसाद विक, कोषाध्यक्षमा खेमराज गौतम ‘सुवास’ चयन हुनु भएको छ । सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृसिता अधिकारी, मनिषा शर्मा, जीवन पाण्डे र… पुरा पढौ

विदेशको सीप, स्वदेशमा व्यवसाय

गुरुङको छोरो । घरपरिवार र समाजले लाहुरे बन्नुपर्छ भन्ने सुझाव र दवाव दिईरहन्थे । सुझाव र दवाव मानेर भर्ती हुन पनि गए तर फाइनल प्रतिस्पर्धामा सपना भने तुहियो । त्यसपछि लाहुरे हुने सपनालाई सधैका लागि त्यागे । अनि हान्निए विदेश । भर्ती नभएका युवा विदेश जानुपर्ने अर्को दवाव थियो गुरुङ समुदायमा । सके भर्ती हुने नभए विदेश जानुपर्ने बाध्यतासँगै उनले पनि एक दशक विदेश भासिए । वर्षौअघिको भर्ती हुने र विदेश जानुपर्ने प्रावधान अहिले पनि कायमै छ । कास्कीको पुम्दीभुम्दी… पुरा पढौ

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार -मन्त्री शर्मा (भिडियोसहित)

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार पुँडिटार र नबलपुरमा औद्योगिक क्षेत्र बनाइने -मन्त्री शर्मा मणिभद्र शर्मा, मन्त्री पर्यटन, उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय Presenter : राम प्रसाद घिमिरे https://www.youtube.com/watch?v=NAHsLwzr2M8 पुरा पढौ

चिसोमा तरुल खानुको मज्जा छुट्टै, फाइदा विछट्टै

तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । चिसो मौसममा तरुल खानुका फाइदाबारे जानकारी लिऔं । फाइबरयुक्तः तरुल फाइबर अर्थात् रेशाले भरिपूर्ण हुन्छ त्यसकारण यो पेटका लागि निकै फाइदाजनक मानिन्छ । फाइबरयुक्त खानेकुराको सेवनले आन्द्राको फोहोर सफा हुन्छ जसका कारण खाना राम्रोसँग पच्छ । त्यसकारण तरुल खाँदा तपाईंको पाचनक्रियासँग सम्बन्धित सबै समस्या समाप्त हुन्छ जस्तै कब्जियत, अपच, ग्यास अदि… पुरा पढौ

चुहिने टपरी टाल्ने कि फाल्ने?

म प्राथमिक बिद्यालयमा पढदै गर्दा नेपालमा पञ्चायति ब्यबस्था किशोर उमेरको थियो। मेरो बाल मस्तिषमा पञ्चायति ब्यबस्था भनेको कुनै फलफुल वा अन्नको जात होला जस्तो लाग्दथ्यो। किनभने पञ्चयती ब्यबस्था नेपालको हावा-पानी र माटो सुहाउदो ब्यबस्था हो भनिथ्यो। किसानहरुको कुराकानी सुन्दा  हावा-पानी र माटोको कुरा कुनै अन्न वा बिरुवा सँग सम्वन्धित हुन्थ्यो। “वर्ग समन्वय”को धरातलमा “हुकुम”बाट सन्चालित त्यो ब्यबस्था बयस्क उमेरमै अवसान भयो। ब्यबस्थाको त अवसान भयो तर पनि हावा, पानी र माटो सुहाउदो (जनता सुहाउदो होईन) ब्यबस्थाका अवसानको रुपमा रहेका प्रबृती… पुरा पढौ

विजयको योगदानको सम्झना

पोखरामा बिहीबार आयोजित कार्यक्रममा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा सहिद बनेका विजय ढकालको सम्झना गरिएको छ । उनको १७ औं स्मृति दिवसमा बिहीबार साँझ पोखरा ६ सहिद पार्कमा दीप प्रज्वलन गरिएको छ । उनको २०६१ पुस २९ निर्मलपोखरीको साम्मीमा सुरक्षाकर्मीले हत्या गरेका थिए । विजयकी आमा पारु ढकालले उनको शालिकमा पुष्पार्पण गरिन् । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले विजयहरुकै योगदानको जगमा अहिलेको परिवर्तन सम्भव भएको बताए । उनले सहिद, बेपत्ताका सपना अझै पूरा नभएकाले उनीहरुले देखाएको बाटोमा दृढतापूर्वकअघि… पुरा पढौ

लकडाउन होइन, स्मार्ट लकडाउन हुन सक्छ

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरू बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा… पुरा पढौ