साहित्य

हरिदेवी कोइरालालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

शुक्रबार पोखरामा हुने ‘नेसनल गण्डकी म्युजिक अवार्ड २०७८’ को तयारी पूरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसका लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो । उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक, स्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक छन् । नेसनल गण्डकी… पुरा पढौ

गीत

सिन्दूरले मात्रै गास्दैन, नाता मायाले गास्ने होचर्काइ हियार म कतिन्जेल रोएर बाच्ने हो ? सम्झेर ल्याउदा झन् आज भोलि दुख्दै छ जीवनसक्दिनँ तोड्न खै किन किन नाताको बन्धनन बाबा भने न आमा भने तिमिलाई भनेरचाहना सबै नपुग्दो रैछ जून तारा गनेर सम्झेर ल्याउदा लाएको तिम्ले केही गुन छैन नित्यै पनि किन सक्दिनँ भन्न म तिम्रो हैन निरमाउदै होलान् खुसीमा नाच्दै सहेली ती साथीसबैको देख्दा कल्पिन्छ मन तड्पिन्छ यो छाती । पुरा पढौ

कथा: अंशबन्डा

मतिरामका दुईवटी बुढीहरु थिए | जेठीबाट सन्तान नभए पछि कान्छी ल्याएका थिए | कान्छी बुढीबाट दुई भाइ छोराहरु जन्मिए | छोराहरुको विवाह भैसकेको थियो | अब यो परिवार छुट्टि भिन्न हुन चाहे | बाबु र कान्छी आमा कान्छा छोरासँग बस्ने भए | जेठो छोराको परिवार छुट्टै बस्ने भए | जेठी आमा एक्लै छुट्टै बस्ने भइन् | मतिरामको सम्पूर्ण जायजेथा श्रीसम्पत्ति अंश लाग्न पर्ने भयो | कान्छा छोराले बाबु आमाको जीउनी समेत गर्दा खप्लप्कै आधा सम्पत्ति पाउने गराइयो | कान्छाको सम्पत्तिको… पुरा पढौ