माछापुच्छ्रे विकास संघको ३५ औ साधारणसभा सम्पन्न

-


     हरीराम भण्डारी    
     मंसिर ९ गते २०८२ मा प्रकाशित


समाज परिचालन, विद्यालय सरसफाइ, खुला दिसामुक्त अभियान, महिला बालबालिका, वातावरण संरक्षण, जलवायु अनुकूलन लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको माछापुच्छ्रे विकास संघ स्थानीय समुदायमा लोकप्रिय रहेको छ।
साधारणसभामा कार्यकारी निर्देशक दिलबहादुर भट्टराई, पूर्व वन अधिकृत खगेन्द्रराज बराल, पञ्चासे क्षेत्र विकास समितिका उपाध्यक्ष कृष्णबहादुर गुरुङ, ढिकुरपोखरी सामुदायिक विकास संघका पुण्यप्रसाद भण्डारीले मन्तव्य राख्नुभएको थियो।
सभाले कोषाध्यक्ष कृष्णबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२ को आर्थिक प्रतिवेदन र सचिव कृष्णमाया गुरुङले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनलाई सर्व सहमतिले पारित गरेको थियो।
माछापुच्छ्रे विकास संघका अध्यक्ष भीमप्रसाद गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष गीता पौडेलले स्वागत तथा कार्यक्रम सञ्चालन कृष्णमाया गुरुङले गर्नुभएको थियो।