
पोखराकी सजु पौडेल बरालको गीत सङग्रह ‘मेरी सञ्जीवनी’ लोकार्पण गरिएको छ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभाग आयोजनामा आइतबार भएको एक कार्यक्रमका बीच उक्त सङग्रह लोकार्पण गरिएको हो।सङग्रहमा प्रेम र वियोगका भाव झल्काइएको छ।त्यस अवसरमा सष्ट्रा पौडेल तथा सम्पादक रमेश दाहालले केही पुस्तक विभागलाई हस्तान्तरण पनि गरे।
सङग्रह लोकार्पण गर्दै क्याम्पस प्रमुख प्राडा. हरीप्रसाद पाठकले पूर्व विद्यार्थीको कार्य सराहनीय रहेको चर्चा गर्दै सजुको साहित्य यात्रालाई अझै फराकिलो बनाउन आग्रह गरे।उनले निरन्तर साधना मार्फत उत्कृष्ट गीतकारको छवि बनाउन पौडेललाई सुझाव दिर्दै सिर्जनाले मन छुने गरेको औँल्याए।
विभागीय प्रमुख डा.यमनाथ तिमिल्सीनाले पूर्व विद्यार्थीको कृर्ति लोकार्पण गर्न पाउदाँ खुशी लागेको सुनाउँदै साहित्यमा व्यञ्जना शक्तिलाई ध्यान दिनुपर्ने स्पष्ट पारे।विभागमा एकता भएको उल्लेख गर्दै प्रमुख डा. तिमिल्सीनाले कृर्तिमा भावको सघनता भेटिएको जनाए।मातृसंस्था मानेर विभागलाई सम्झेकोमा उनले सर्जकप्रति आभार प्रकट गरे।
टिप्पणीकार समेत रहेका पूर्व विभागीय प्रमुख प्राडा. कुसुमाकर न्यौपानेले कृर्ति सिर्जना गरिनु आफैमा उदाहरणीय तथा अनुकरणीय कार्य रहेको चर्चा गर्दै गीत सङग्रहलाई सजुको सत्कर्मको संज्ञा दिए।सर्जकका लागि सिर्जना अमृतमय हुने उल्लेख गर्दै प्राडा.न्यौपानेले सर्जकले मातृभूमि प्रतिको माया कृर्ति मार्फत प्रस्तुत गरेको भनाई राखे।
अर्का टिप्पणीकार विभागीय सदस्य गीताकुमारी पौडेलले परदेशी भूमिका रहेर भएपनि कृर्ति सिर्जना गरेकोमा सर्जकप्रति बधाई दिर्दै सङग्रहले मानवीय तथा राष्ट्र प्रेमको भाव झल्काएको धारणा राखिन्।उनले कतिपय रचनामा यथास्थितीवाद भेटिएको टिष्पणी गर्दै पुरुषवादी चिन्तनबाट केही गीत अलग हुन नसकेको सुझाइन्।
सम्पादक रमेश दाहालले कृर्तिले आम पाठकको मन छुने विश्वास लिर्दै छिटपुट गल्लीका बीच सङग्रह प्रकाशन हुन पुगेको स्पष्ट पारे।
सर्जक पौडेलले परदेशमा रहदाँ देशको माया आउने गरेको उल्लेख गर्दै त्यस्तो भावनालाई कृर्ति मार्फत पस्किएको अनुभव राखिन्।गुरुहरुले देखाएको बाटोलाई आफूले अनुशरण गर्ने प्रयास गरेको उनको भनाई छ ।
विभागीय प्रमुख डा.तिमिल्सीनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभागीय सदस्य डा.श्रीधर न्यौपानेले स्वागत तथा विभागीय सदस्य निर्मल सापकोटाले कार्यक्रम संचालन गरे।









