छोरेपाटन मा.वि प्रथम

-


     अन्नपूर्ण खबर     
     मंसिर १ गते २०८२ मा प्रकाशित


पोखरा ८ स्थित शैक्षिक बचत तथा ऋण सहकारी संस्था लि.ले रजत जयन्ती वर्ष २०८२ को उपलक्ष्यमा शुक्रबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा छोरेपाटन माविकी आरुषी खत्री प्रथम भइन्।
‘सहकारीको विकासमा युवाको भूमिका’ विषयक उक्त प्रतियोगितामा रामज्योति माविकी स्वेक्षा परियार दोस्रो, शिवशक्ति माविकी सविना पुरी तृतीय एवम् केदारेश्वर गुरुकुलका शिव उपाध्याय सान्त्वना हुन सफल भए।
कार्यक्रममा धारणा राख्दै पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले प्रतियोगिता आयोजना गरेर सहकारीले सहकारीप्रति विद्यार्थीको धारणा बुझ्ने अवसर दिएको उल्लेख गरे।
संस्थाका अध्यक्ष लिलाधर वरालले संस्थाले समयसमयमा विभिन्न क्रियाकलाप संचालन गर्दै आइरहेको जनाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
प्रतियोगिता संयोजक एवम् संस्थाका पूर्व अध्यक्ष सूर्यप्रसाद ढकालले वाक्कलाको महत्व जीवरभर खड्किने औँल्याए ।संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सामुदायिक माध्यमिक विद्यालय बीच प्रतियोगिता गरेको हो।जसमा १३ विद्यालयको सहभागिता रहयो।
यसैबीच इन्द्रराज्यलक्ष्मी माविमा शुक्रबार भएको मावि स्तरीय क्लष्टर हिज्जे प्रतियोगितामा छोरेपाटन मावि प्रथम भएको छ।उक्त प्रतियोगितामा शीतलादेवी मावि द्वितीय, बालमन्दिर मावि तृतीय साथै नवप्रभात मावि. भद्रकाली मावि र विन्ध्यवासिनी मावि सान्त्वना भए।
त्यस अवसरमा नवप्रभात माविका प्रधानाध्यापक माया थापा तथा नेपाली भाषा परिषद् कास्की अध्यक्ष सूर्य लम्सालले हिज्जेको महत्वमाथि प्रकाश पारे।
इन्द्रराज्यलक्ष्मी माविका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक सीता पौडेलले संचालन गरिन्।